नियम ४३
निरीक्षण तथा जाँचबुझ
(१) बोर्डलाई कुनै धितोपत्र दर्ता गराउने संगठित संस्था, धितोपत्र बजार तथा धितोपत्र बजारको सदस्यता प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले ऐन वा यस नियमावली विपरीत कुनै काम गरेको छ भन्ने कुरा कसैको उजुरी वा अन्य कुनै स्रोतबाट जानकारी हुन आएमा बोर्डले सो सम्बन्धमा सदस्य, अधिकृत कर्मचारी वा अन्य कुनै व्यक्ति वा निकायबाट जाँचबुझ गराउन
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्ने अधिकारी तोक्दा वा नियुक्त गर्दा बोर्डले जाँचबुझ गर्ने अधिकारीले अवलम्बन गर्नु पर्ने तरीका र कार्यविधि समेत तोकिदिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्त वा तोकिएको अधिकारीले आफ्नो जाँचबुझ प्रतिवेदन बोर्डलाई दिनेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त प्रतिवेदनको आधारमा बोर्डले सम्बन्धित संगठित संस्थाको धितोपत्रको दर्ता खारेज गर्ने, सम्बन्धित धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने वा सम्बन्धित धितोपत्र बजारको सदस्यता प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाको सदस्यता खारेज गर्ने आदेश दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम बोर्डले आदेश दिंदा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई आफ्नो सफाइमा प्रमाण पेश गर्न उचित मौका दिनु पर्नेछ ।